सन नेपाल लाइफको जीवन बीमा कोष र व्यवसाय दुवैमा उछाल, मुनाफा २०९% ले बृद्धि
काठमाडौं । बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढेको सन नेपाल लाइफले देशमा जारी आर्थिक संकटका बीचमा व्यवसायमा उल्लेख्य सुधार गर्दै मुनाफामा आश्चर्यजनक नतिजा ल्याउन सफल भएको छ ।
कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा ३७.०३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
गत आवको यसै अवधीसम्ममा तीन अर्ब ३६ करोडको जीवन बीमा कोष खडा गरेको कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा चार अर्ब ६१ करोडको जीवन बीमा कोष बनाउन सफल भएको छ । कम्पनीको जगेडा कोष ८५ प्रतिशतले बृद्धि भई ४४ करोडबाट बढेर ८१ करोडमा पुगेको छ । कम्पनीले हालसम्म मुनाफा वितरण गरेको छैन । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
कम्पनीको महाविपत्ति कोषमा नौ करोड १० लाख रुपैयाँ संचिती रहेको छ । सन नेपाल लाइफको कूल कोषको आकार पाँच अर्ब ५२ करोड २१ लाख ६९ हजार रुपैयाँको कोष खडा गर्न सफल भएको छ । समग्र कोषको आकार ४३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीको व्यवसायमा बृद्धि भएको तथा लगानीबाट प्राप्त आम्दानीमा उल्लेख्य बृद्धि गर्दा जीवन बीमा कोषमा उल्लेख्य योगदान पुर्याउन सफल भएको देखिएको छ ।
समीक्षा अवधीमा सन नेपाल लाइफले खुद बीमा शुल्क आम्दानी दुई अर्ब ५१ करोड ५३ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आम्दानी अर्थात जीवन बीमा व्यवसाय २५ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै कम्पनीको खुद बीमा शुल्क भुक्तानी ३३ करोड १० लाखबाट बृद्धि भई ८० करोड ७० लाख पुगेको छ । नयाँ कम्पनी भएकोले सुरुमा दावी भुत्ताmनी नहुने हुँदा यस्तो रकम बृद्धि भएको हो ।
कम्पनीले कर्जा लगानी, बीमालेख धितोमा लगानी, अन्य प्रत्यक्ष आयबाट प्राप्त रकम ८३ प्रतिशतले बृद्धि भई १६ करोड ९० लाख रुपैयाँबाट बढेर ३० करोड ९७ लाख पुर्याउन सफल भएको छ । त्यस्तै व्यवस्थापन खर्च १७.७७ प्रतिशतले घटाउन सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च ३० करोड १९ लाखबाट यस आवमा २४ करोड ८२ लाखमा सीमित गर्न सफल भएको छ ।
आर्थिक संकटका बीचमा कम्पनीको व्यवस्थापकले बीमा व्यवसायमा बृद्धि गर्न सफल भएको, पुँजि तथा लगानी परिचालनबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल भएको तथा व्यवस्थापन खर्च उच्च दररेटमा कटौति गर्न सफल भएको देखिएको छ । जसका परिणाम कम्पनीको मुनाफा ४४ करोड ४५ लाख १९ हजार भएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवको यसै अवधीमा जम्मा १४ करोड ३६ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले मुनाफामा उछाल ल्याउँदै २०९.४८ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।
कम्पनीको आफ्ना अभिकर्तालाई दिने कमिशन १४ प्रतिशतले घटेर २८ करोडबाट २५ करोडमा झरेको छ । त्यस्तै बीमालेखको संख्या पाँच लाखबाट बढेर नौ लाख ४१ हजार १४ वटा पुगेको छ ।