बेष्ट फाइनान्स हकप्रद शेयर र गुराँस लाइफको बोनस शेयर सूचीकृत

२५ बैशाख २०८०, सोमबार १९:१९

काठमाडौं । आज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । दुवै कम्पनीका हकप्रद शेयर र बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*