यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले दुई कम्पनीबीच मर्जर पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” हुने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले मर्जर प्रयोजनका लागी मूल्याङ्कनकर्ता एस।आर।पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको यूनाइटेड इन्स्योरेन्स कं।९नेपाल० लि। तथा अजोड इन्स्योरेन्स लिमिटेडको चलरअचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२।५ कायम गर्ने गरी गाभ्ने रगाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सहमतिपत्र, अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूणर् काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।
मर्जर पश्चात गठन हुने सञ्चालक समितिमा युनाइटेड कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्स लिमिटेडबाट भई आउनु हुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
दुई कम्पनी मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं। ११, सुन्धारा, काठमाण्डौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनगर्ने सम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।