नेप्सेमा थप २९ लाख ७१ हजार कित्ता बोनस शेयर सूचीकृत
२५ बैशाख २०८०, सोमबार १४:५८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १३.२७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।