अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ।मर्जर पश्चात् एकिकृत कारोबार पश्चात् शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी एक आपसमा संग गाभिने तथा प्राप्ति सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने भएको छ ।
सभाले नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीमा गठन हुने संचालक समितिमा दुबै कम्पनीको तर्फबाट प्रतिनिधीहरु तोक्ने अधिकार संचालक समितिलाई दिने लगायतका मर्जर पछिका विविध प्रस्ताव पारित गरेको छ ।