६८ जना यात्रु लिएर काठमाडौं आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवामा आपतकालिन अवतरण

धावनमार्ग अवरुद्ध, काठमाडौंबाट गएको यति एयरलाइन्सको जहाज आधा घण्टा भैरहवामाथि घुमेर काठमाडौं नै फर्कियो
२५ बैशाख २०८०, सोमबार १०:५१

काठमाडौं । भैरहवाबाट ६८ जना यात्रु लिएर काठमाडौंतर्फ आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै आपतकालिन अवतरण गराइएको छ । काठमाडौंका लागि उडेको केहीबेरमै जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि तत्कालै आपतकालिन अवतरण गराइएको हो ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा ६८ जना यात्रु र चालक दलका सदस्यहरु रहेको जनाइएको छ । काठमाडौंतर्फ उडे लगत्तै जहाजको इन्डिकेटरले समस्या देखाएपछि तत्कालै भैरहवामा नै आपतकालिन अवतरण गराइएको हो ।

भैरहवाबाट ९ः४० बजेमात्रै काठमाडौंतर्फ उडेको जहाजमा करिब १० मिनेट नबित्दै इन्डिकेटरले समस्या देखाएको थियो । लगत्तै जहाज भैरहवा विमानस्थलमा आपतकालिन अवतरण गराइएको हो ।

उता, श्रीएयरलाइन्सको जहाजलाई धावनमार्गबाट हटाउन नसकेपछि काठमाडौंबाट गएको यति एयरलाइन्सको जहाज अवतरण गर्न नसकी फर्केको छ । काठमाडौंबाट भैरहवाको लागि उडेको यति एयरलाइन्सको ९एनएलएन कलसाइन भएको जहाज काठमाडौंतर्फ नै फर्किएको हो । भैरहवा विमानस्थलको धावनमार्गमै श्रीएयरलाइन्सको जहाज अड्किएपछि तनाव सुरु भएको छ ।   -फाइल तस्विर

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*