बैंक, लघुवित्त, बीमा र पुँजिबजारमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न नियमनलाई सुदृढ गछौंः अर्थमन्त्री डा.महत
काठमाडौं । बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने अर्थमन्त्री महतले बताए । ससदमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय क्षेत्रलार्य पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने बताए ।
वित्तीय क्षेत्रका नियमनकारी निकायको संस्थागत क्षमता विकास गरिने र सहकारी क्षेत्रको नियमनलाई सवल बनाउन नीतिगत र कानूनी सुधार गरिने उनले बताए ।वित्तीय क्षेत्रलाई स्वस्थ एवम् प्रभावकारी बनाइनेछ । वित्तीय मध्यस्थता लागत कम गरी लगानीको लागि पुँजीमा पहुँच सहज हुने व्यवस्था आगामी बजेटमा समेटिने भएको छ ।
आर्थिक क्रियाकलापमा गतिशीलता ल्याएर अर्थतन्त्रलाई लयमा ल्याउन लागि सरकारी वित्तको पुनर्संरचना गरेर परिणाममुखी पूँजीगत कार्यक्रम, अनुत्पादक खर्चमा कटौती, साधारण खर्चमा मितव्ययिता कायम गर्न जरुरी छ,’ अर्थमन्त्री महतले भनेका छन्, ‘निजी क्षेत्रको मनोबल वृद्धि, उद्यमशीलताको विकास, सेवा प्रवाहमा सुधार र शासन व्यवस्थामा सुधारसहित परादिर्शतामा जोड दिनुपर्ने आवश्यकता छ ।’