राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन

२४ बैशाख २०८०, आईतवार १६:३५

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा काठमाडौँको एल्लो प्यागोडा होटेलमा आर्थिक वर्ष २०७८।७९ को समिक्षा र आर्थिक वर्ष २०८०।८१ को बजेट तर्जुमा समिक्षत्मक गोष्ठी सम्पन्न गरेको छ ।

राष्ट्रिय बीमा संस्थानका विभागीय प्रमुखहरुले आफ्नो विभागको प्रस्तुति र शाखाको जिज्ञासाको बारेमा जवाफ दिएका थिए। व्यवसायको हिसाबले उत्कृष्ट शाखाहरुलाई प्रशंसा –पत्र र नगदले सम्मान गरेका थिए । उत्कृष्ट हुने शाखाहरुमा प्रथम नारायणगढ, दोस्रो पोखरा र तेस्रो बुटवल तथा उपत्यकाबाट प्रथम लगनखेल शाखालाई सम्मान गरिएको थिए ।

शाखा प्रमुखहरुले आफ्नो प्रगति विवरण र समस्या बारे प्रस्तुति दिएका थिए। संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले जवाफ दिएका थिए । संस्थानको सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, व्यवस्थापक भोलानाथ घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थानको भावी योजनाको बारेमा छलफल भएको थियो ।

बजार व्यवस्थापन विभागको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभागका सह व्यस्थापक दिपा अधिकारीले शाखाको व्यवसायिक विवरणबारे प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण सहायक व्यवस्थापक सुजित प्रसाद शाहले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*