सानिमा रिलायन्स लाइफको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न

२४ बैशाख २०८०, आईतवार ११:२०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको पाटन रिजन अन्तर्गतका क्रियाशिल एजेन्सी मेनेजरहरुलाई सेल्स स्किल्स एण्ड मोटिभेसनल अन्तरक्रिया गरी रिजनल एजेन्सी कन्फ्रेन्स ब्लु बर्ड मल, थापाथली स्थित पार्टीयार्ड हस्पिटालिटीमा शनिवार सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उपत्यका भित्र र बाहिरका शाखाहरुबाट १७० जना अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सिईओ शिवनाथ पाण्डे, डिसिईओ निराजन कंडेल, डिजिएम चुडामणि चापागाइँ र सिनिएर रिजनल मेनेजर रामेश्वर श्रेष्ठको उपस्थितीमा रिजनको उत्कृष्ट एजेन्सी मेनेजर हरुलाइ सम्मान समेत प्रदान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*