अजोड इन्स्योरेन्को बीमा व्यवसाय ४३ प्रतिशतले बढ्यो, मुनाफा कति ?

२४ बैशाख २०८०, आईतवार १०:४०

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेकोछ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश वित्तिय विवरण सकारात्मक देखिएको छ।कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको खुद नाफामा ११ प्रतिशतले बढ्न सफल भएको छ। गत आर्थिक बर्षमा ९ करोड ४१ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा १० करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

व्यवसायको आधारमा हेर्न हो भने कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षमा ३६ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको व्यवसाय बढेर ५२ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, कुल बीमाशुल्कको आधारमा हेर्ने हो भने कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले बढेको तथ्यांकमा देखिएको छ।बीमा कम्पनीहरुको वित्तिय विवरणमा कुल बीमाशुल्क आर्जनको भन्दा बढी खुद बीमाशुल्क आर्जनको भूमिका बढी रहेको हुन्छ ।

पुनर्बीमा गरेर जोखिम सुरक्षण गरेको व्यवसाय कम्पनीको हुन्छ । जसको कारण लगानीकर्ताले कुल बीमाशुल्क आर्जन भन्दा खुद बीमाशुल्क आर्जन हेरेर लगानी गर्नु उचित हुन्छ।खुद दाबी भुक्तानीको दायरा कम्पनीले बढाएको छ। कम्पनीले तेस्रो त्रैमाससम्मा २९ प्रतिशत खुद दाबी भुक्तानी तिर्न सफल भएको छ।

गत आर्थिक बर्षमा १८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले यस त्रैमासको अवधिसम्म २३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ।कम्पनीले मर्जर अघि आफनो व्यवस्थापन खर्च १६ प्रतिशतले बढाएको छ। गत आर्थिक बर्षमा १९ करोड ३७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले यस आर्थिक बर्षमा उक्त खर्च बढाएर २२ करोड ५५ लाख रुपैयाँ पुराएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म कम्पनीको लगानी कर्जा अन्य कर्जाबाट आय रकम ३४ प्रतिशतले वृद्धि भएको देखिएको छ।कम्पनीको बीमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ, जगेडा कोषमा २० करोड ३८ लाख रुपैयाँ र महाविपत्तिकोषमा २ करोड २ अर्ब रुपैयाँ गरि कुल ४४ करोड रुपैयाँ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा १५ करोड ९२ लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ९५ लाख रुपैयाँ, महाविपत्ति कोषमा १ करोड ३१ लाख रुपैयाँ गरि कु्ल ३१ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक बर्षको तुलनामा बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष गरि कम्पनीको जम्मा कोष ४३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्मा १ लाख ४ हजार ९०९ वटा बीमापोलिसी जारी गर्न सफल भएको छ।

कम्पनीको चुक्ता पुँजि तेस्रो त्रैमासको अवधिमा पनि स्थिर रहेको छ। मर्जरको लागि युनाईटेड इन्स्योरेन्स कम्पनीसँग छलफलको क्रममा रहेको छ।नियामक निकाय बीमा प्राधिकरणले दिएको पुँजि पुराउन मर्जर र नपुगे बोनस शेयर जारी गर्ने तयारीमा रहेको छ।

कम्पनीको हालको चुक्ता पुँजि भने १ अर्ब रुपैयाँ मात्रै रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*