प्राइम, गुराँस र युनियन लाइफले वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने, शेयर कारोबार रोक्का रहने

२४ बैशाख २०८०, आईतवार १०:११

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । तीन जीवन बीमा कम्पनीले २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष धितोपत्र कारोबार रोक्का राख्न अनुरोध गरेको छ ।

प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा गाभ्ने।गाभिने (मर्जर)मा गई वैशाख २६ गते मंगलबार एकीकृत कारोबार संचालन गरिने भएको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एवं एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ को (२) बमोजिम मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः सूचीकरण तथा अभौतिकीकरण प्रयोजनका लागि यी तीन जीवन बीमा कम्पनीले शेयर कारोबार रोक्का राख्न नेप्से समक्ष आग्रह गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*