गुराँस लाइफ इन्स्योरेन्सद्धारा शेयरधनीलाई शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभा बाट पारित १३ दशमलव २८ प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
शेयरधनीले बोनस शेयरको कर बापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंक ९न्यिदब िक्ष्ःभ् द्यबलप०मा रहेको खाता नम्बर २३९०१०१०००६४८४ मा जम्मा गर्न सक्नेछन् । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने हुन्छ ।
त्यसपछि उक्त बोनस शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपछि अभौतिकीकरण गराएका शेयरधनीहरूबाट जम्मा भएको कर रकमको भिडान गरी बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनएमबि क्यापिटल रहेको छ।