नेशनल लाइफको बार्षिक साधारणसभा जेठ २२ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जेठ २२ गते बार्षिक साधारण सभा डाकेको छ। उक्त सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४।५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६।५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । स
भा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यसर्थ, जेठ १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
्