भ्रष्टाचारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

२० बैशाख २०८०, बुधबार १३:५६

काठमाडौं । गृह मन्त्रालयमा रहँदा करोडौं रुपैयाँ घुस सेटिङ गरेको आरोपमा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह पेप्सीकोलाबाट सचिव पाण्डेलाई पक्राउ गरेको हो । पाण्डे गृहमन्त्रालयमा सचिव पदमा बहाल रहँदा भएको भ्रष्टाचार काण्डमा संलग्न रहेको तथ्य खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानव तस्करी गरेको घटनाको छानविन गर्दै आएको प्रहरीले सो घट्नामा बहालवाला सचिवकै संलग्नता भेटिएपछि प्रहरीले अदालतबाट अनुमति लिएर पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका पाण्डेलाई हाल टेकुमा राखिएको छ ।

नेपालको इतिहासमा भ्रष्टाचारको आरोपमा बालवाला सचिवलाई नै पक्राउ गरेको हो । यसअघि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिसकेको छ । पाण्डे लामो समय शिक्षा मन्त्रालयमा काम गरेर गृह मन्त्रालयमा पुगेका थिए । गृह मन्त्रालयमा रहँदा भ्रष्टाचार गरेपछि चौतर्फी गन्हाएका पाण्डेलाई पछि उप राष्ट्रपति कार्यालयमा सरुवा गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*