निर्देशन विपरित ब्याकडेटेड बीमा पोलिसी जारी गरेको भेटिएपछि एक्सनमा उत्रिँदै बीमा प्राधिकरण, कारवाहीको तयारी
काठमाडौं । निर्देशन विपरित ब्याकडेटेड बीमा पोलिसी जारी गरेको भेटिएपछि नेपाल बीमा प्राधिकरणमा एक्सनमा उत्रिने भएको छ। बीमा कम्पनीहरुले पूरा बीमाशुल्क नलिई बीमालेख जारी गरेको पाईएको कारण बीमा प्राधिकरणले यस बिषयमा थप कडाईका साथ हेर्न लागिएको जनाएको छ ।
यसअघि बीमा कम्पनीहरुले पूरा बीमाशुल्क नलिई बीमालेख जारी गर्ने गरेका थिए । कतिपय केशमा बीमा कम्पनीहरुका अभिकर्ताहरुले नै पहिलो किस्ता राखेर आफनो टार्गेट पुराउन समेत पोलिसी काट्ने गरेको थियो । यसलाई थप कडाईको साथ हेरीने भएको छ ।
बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा सम्बन्धी निर्देशिका संसोधन गर्दै यस्तो व्यवस्था गरेको थियो । बीमा कम्पनीहरुमा समर्पण सङख्या बढ्ने क्रम नबढेपछि बीमा प्राधिकरणले निर्देशन संसोधन गरेको थियो।
जसको कारण समपर्ण सङख्या धेरै नै बढी हुने गरेको थियो । बीमा अभिकर्ताहरुले बर्षको अन्तिममा टार्गेट देखाउन भएपनि यो विधि धेरै नै अपनाउन थालेपछि बीमा प्राधिकरणले यसमा कडाई गरेको थियो ।बीमा कम्पनीहरुले बीमाशुल्क प्राप्त भएको मिति भन्दा अगाडिको मिति देखि लागू हुने गरी कुनै पनि बीमालेख जारी ब्याक्डेटिङ गर्न पाउने कानुनी व्यवस्था छैन ।
This is not new thing in Nepal, IT System manipulation. There is no proper monitoring from Insurance Regulator. Vendor setting etc…