युनियन लाइफको व्यतित बीमालेखमा छुट पाउने भोलि अन्तिम दिन

१९ बैशाख २०८०, मंगलवार १६:१७

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट प्रदान गर्ने भोलि (बैशाख २० गते) अन्तिम दिन रहेको छ ।

कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पुरा गरी २०८० साल बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनश समेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ । यो छुट बीमा अवधिभर एक पटक मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*