संचार प्रविधि आजभोलि अत्यावश्यक बनेको छः मन्त्री शर्मा

१९ बैशाख २०८०, मंगलवार १३:३४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले राज्यले नागरिकहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्ने बताइन् ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताएकि छन् । देशको भौगोलिक स्वरुप हिमाल पहाड र तराई भएको कारणले गर्दा सेवा विस्तारमा केहि समस्या रहेको र यस्ता समस्याको चाडै सामाधान हुने उनले बताएकि छिन् ।

सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उनको भनाइ छ । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको बताइन् ।

 

 

उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल, क्यान महासंघका अध्यक्ष रन्जित पोद्यार, क्यानका माहासचिव चिरन्जिबि अधिकारी लगायत अन्य विभिन्न संस्थाका मानिसहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*