काठमाडौं महानगरपालिकाका ३२ जना कर्मचारीले भ्रष्टाचार गरेको उजुरी बोकेर मेयर बालेन साह अख्तियारमा, छानविन हुँदै

१९ बैशाख २०८०, मंगलवार ०७:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले घुस खाएको, भ्रष्टाचार गरेको भन्दै आफ्नै कार्यालयका ३२ जना कर्मचारीहरुको सूचि बोकेर मेयर बालेन साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् ।

गत बिहिबार मेयर बालेन साह आफै अख्तियारमा पुगेर ३२ जना कर्मचारीले अख्तियार दुरुपयोग गरी काम नगरेको, नगर्नुपर्ने काम गरेको र गर्नुपर्ने काम नगरेको, घुस खाएको जस्ता आरोपहरु लगाउँदै काठमाडौंका मेयर बालेन साह आफै अख्तियारमा पुगेर उजुरी दर्ता गराएका हुन् ।

मेयर वालेन शाहले अख्तियारमा उजुरी दिएसँगै अहिले वागदरबारका कर्मचारीहरुको त्रसित मात्रै भएका छैनन्, धमाधम १३ पाने भर्नुपर्ने त्रासले काम गर्नै नसक्ने अवस्थामा छन् । टंगाल स्रोतका अनुसार अकुत आर्जन र भ्रष्टाचारको आरोप लगाउँदै मेयर वालेन शाहले एकै पटक ३२ कर्मचारीहरुविरुद्ध टंगालमा उजुरी दिएपछि अहिले उनीहरुलाई अख्तियारमै बोलाएर धमाधम १३ पाने फारम भराउन थालिएको छ ।

अख्तियारले काठमाडौं महानगरपालिकाका लेखा, खरिद, आम्दानीका विविध शाखामा कार्यरत कर्मचारीहरुलाई बोलाएर १३ पन्ने विवरण भराएर उनीहरु उपर छानबिन प्रक्रिया अघि बढाइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*