स्वर्णिम वाग्ले बने स्वतन्त्र पार्टीको अर्थ विभाग प्रमुख, लामिछाने संसदीय दलको नेता चयन

१९ बैशाख २०८०, मंगलवार ०७:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ विभाग प्रमुखमा अर्थविद तथा सांसद स्वर्णिम वाग्ले चयन भएका छन् । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले वाग्लेलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।

पार्टीको केन्द्रीय समिति बैठक सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गर्दै जिम्मेवारीहरु समेत सुम्पिएको छ । अर्का नेता शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभाग प्रमुख तोकिएका छन् ।

त्यस्तै, डा मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् । मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा सम्बन्धी विभागको जिम्मेवारीमा रहेका छन् भने सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन् ।

यसैबीच, हिजो बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*