नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सेटिङको केन्द्रमा चन्द्र ढकाल, सेन्ट्रल कलेक्सन गरेर बाँडफाँड, कस-कसले पाउँदैछन् भागबण्डा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अर्बौ रुपैयाँको सेटिङ वितरण गर्न लागेको नेपाल स्टक एक्सचेन्जको नयाँ लाइसेन्सको घुस रकम सेटिङ गर्ने जिम्मेवारी चन्द्र ढकाल र घर जग्गा व्यवसायी कालु गुरुङलाई तोकिएको बुझिएको छ । सेटिङको काम गरिरहेका विश्वस्त स्रोतका अनुसार ढकालले सेन्ट्रल कलेक्सन गरेर बाँडफाँड गर्नेहरुको सूचि अनुसार रकम हस्तान्तरण गर्ने गरी व्यवस्थित गरिएको छ ।
नयाँ स्टक एक्सचेन्जको लागि तीन वटा कम्पनीले आवेदन दिएका छन् । तीन वटा मध्ये नेशनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्ज तीन मध्ये एकले लाइसेन्स पाउनेछन् । प्रधानमन्त्री प्रचण्डलाई समेत सेटिङ गर्न सक्षम, विगतमा माओवादीको पैसा भण्डारण गर्ने व्यक्तिको परिचय बनाएका ढकालले यस स्टक एक्सचेन्जको सेटिङको रकम सेन्ट्रल कलेक्सनको जिम्मेवारी पाएको चर्चा व्यापारिक वृत्तमा चलेको छ ।
यस पटकको सेटिङमा चन्द्र ढकाललाई घर जग्गा व्यवसायी कालु गुरुङको टिमले रकम संकलन तथा हस्तान्तरणमा सहयोग गर्ने जनाइएको छ । सुन्धारामा रियलस्टेट कम्पनी खोलेर पर्सनल सेक्युरिटी अफिसर राखेर बस्ने कालु गुरुङ यसअघि २०७४ सालमा चन्द्र ढकालले नयाँ बीमा कम्पनीहरुको लाइसेन्स वितरण गर्दादेखिका सेटिङका साझेदार हुन् । नेपालमा कालोधन सम्बन्धी कारोबारमा सबैभन्दा अगाडि रहेका गुरुङले त्यतिबेला अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई घुस बापतको रकम आफ्नै खातामा जम्मा गर्न लगाएर चन्द्र ढकाललाई बुझाएका थिए । यस पटक पनि गुरुङकै खाता प्रयोग हुने वा होइन एकिन जानकारी भने नआइसकेको लगानीकर्ताले बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकाल यस पटक लाइसेन्स पाउने सम्भावित दुवै कम्पनीमा बसेका छैनन् । स्रोतका अनुसार ढकालले नयाँ लाइसेन्स लिने दौडमा रहेको हिमालयन र नेशनल दुवैसँग कुराकानी गरिरहेको बुझिएको छ । जसमा मोलमोलाई अनुसार सेटिङमा लाइसेन्स वितरण गरिनेछ ।
सेटिङ बापत प्राप्त रकम पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा, प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा देखि नयाँ शक्तिको रुपमा उदाएका घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत भागबण्डा गरिसकेको छ । यद्यपि स्वतन्त्र पार्टीलाई भागबण्डा मात्रै गरिएको तर रकम दिने नदिने, लिने हो वा होइन भन्ने एकिन भइनसकेको विश्वस्त स्रोतले जनाएको छ ।
नयाँ लाइसेन्सको भागबण्डामा बिप्लवदेखि एमालेका अध्यक्ष केपी ओली समेतको भाग राखिएको जनाइएको छ । ओलीका विश्वास पात्र विष्णु पौडेलमार्फत एमालेभित्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको रकम बाँडफाँड हुनेछ ।
नयाँ लाइसेन्सको लागि १०० रुपैयाँको संस्थापक शेयरका लागि प्रति कित्ता २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म प्रिमियम उठाइएको छ । चरम संकटपूर्ण अवस्थामा पनि मारवाही व्यवसायीहरु उक्त रकम लगानी गर्न मरिहत्ते मात्रै गरेका छैनन्, समुहगत नै भिडन्त गरिहेका छन् । मारवाडी समुदायबीचको भिडन्तका कारण प्रिमियम रकम समेत ३०० पुर्याउन सम्भव भएको हो । नयाँ स्टक एक्सचेन्जमा बिशाल ग्रुप र शंकर ग्रुप तथा अन्य मारवाडी समुदाय भिडन्तमा उत्रिएको छ ।
One thought on “नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सेटिङको केन्द्रमा चन्द्र ढकाल, सेन्ट्रल कलेक्सन गरेर बाँडफाँड, कस-कसले पाउँदैछन् भागबण्डा ?”