लोकसेवा आयोगमा शाखा अधिकृत र नासु पदमा आवेदन दिएकाहरुको डाटा बेपत्ता, पुनः आवेदन भर्न आयोगको सूचना

१८ बैशाख २०८०, सोमबार ०८:२१

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन गर्दै आएको सरकारी सर्भरबाट लोकसेवा आयोगले कर्मचारी आवेदन भर्ना खुल्ला गरेको सम्बन्धी लाखौं आवेदकको तथ्याङ्क (डाटा) बेपत्ता भएको छ । यससँगै तनावमा रहेको लोकसेवा आयोगले गत मंसिरदेखि यता आवेदन दिएकाहरुको शाखा अधिकृत तथा नायब सुब्बा पदमा पुुनः आवेदन दिन आह्वान गरिएको छ ।

लोकसेवा आयोगका प्रबक्ता तोय नारायण सुवेदीले हिजो एक बिज्ञप्ती प्रकाशित गर्दै लोकसेवा आयोगमा आवेदन दिएकाहरुको डाटा सरकारी सर्भर जिआइडिसीबाट हराएको जनाउँदै पुनः आवेदन दिन आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा गत फागुन २३ गतेबाट उक्त समस्या आएको र सो समस्याको समाधान गर्न सरकारी सर्भरका प्राविधिकहरु असफल भएकोले आयोगको डाटा रिकभरी गर्न असम्भव भएको आयोगले जनाएको छ ।

आयोगको सूचना अनुसार २०७९ मंसिर महिनामा प्रकाशित रा प तृतीय श्रेणी (अप्राविधिक),पौष महिनामा प्रकाशित राप अन (प्रथम श्रेणी) अप्राविधिक र माघ महिनामा प्रकाशित राप अन प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा पाँचौं तहमा आवेदन दिएकाहरुले सो विज्ञापनमा पुन दरखास्त आह्वान गरिएको लोक आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी गराएका छन् ।

आयोगले आफूसँग यसअघि आवेदन दिई बैंकमार्फत भौचर बुझाएकाहरुको विवरण सुरक्षित रहेकोले सोही भौचरका आधारमा पुःन आवेदन भर्न आह्वान गरिएको हो ।
डाटा रिकभरी नभएकोले यसअघि आवेदन दिएको आधारमा परिक्षा दिन नपाइने र पुनः आवेदन भरेपछि मात्रै परिक्षा दिन पाइने आयोगले जनाएको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*