प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओमा नरेश कुमार रोक्का नियुक्त, कृषि विकास बैंकमा ३० वर्षको अनुभव

१७ बैशाख २०८०, आईतवार १९:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स भर्खरै प्राप्त ‘प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स’को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेश कुमार रोक्का नियुक्त भएका छन् । धनगढीमा केन्द्रीय कार्यालय रहेको प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सले सिइओमा रोक्कालाई चयन गरेको हो ।

बीमा प्राधिकरणका अनुसार प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा नरेश कुमार रोक्कालाई नियुक्त गर्ने प्रस्ताव आज स्वीकृत गरिएको छ । रोक्का ३० वर्ष कृषि विकास बैंकमा काम गरेका अनुभवी प्रशासक हुन् । कृषि विकास बैंकको डेपुटी सिईओबाट अवकास लिएका रोक्का अब लघु बीमा कम्पनी हाँक्नेछन् । बीमा ऐन र संस्थागत सुशासन सम्बन्धी व्यवस्था अनुसारको योग्यता र सेवा सुविधा अनुसारको उनले तलव पाउनेछन् ।

धनगढी केन्द्रीय कार्यालय रहने प्रोटेक्टिभ माइक्रो इन्योरेन्स कम्पनीले निर्जीवन बीमा क्षेत्रमा दुर दराजमा पुगेर बीमाको दायरा बढाउने र गरिब, किसानलाई बीमाको दायरामा ल्याउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*