नेपाल बीमा प्राधिकरणको बीमा अभिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न, आचारसंहितामा रहेर बीमा गर्न अभिकर्ताहरुलाई सुझाव

१७ बैशाख २०८०, आईतवार १३:२६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदरपश्चिम प्रदेश कार्यालय, धनगढी कैलालीको आयोजनामा वैशाख १४ गते बिहिबार शुभम् होटल, धनगढी कैलालीमा एकदिने कार्यक्रम सम्पन्न भएको हो ।

सुदुरपश्चिम प्रदेश प्रमुख ओम बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जीवन बीमा कम्पनीहरुबाट तीन–तीन जना र निर्जीवन बीमा कम्पनीहरुबाट दुई–दुई जना गरी कुल ६० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन तथा स्वागत मन्तव्य दिपक ज्ञवालीबाट भएको थियो भने कार्यक्रममा अभिकर्ताहरुलाई बीमा सम्बन्धी जानकारी सहायक निर्देशक प्रेम हरि पोख्रेलले दिएका थिए । साथै बीमा अभिकर्ताहरुबाट आएको जिज्ञासाको उत्तर प्रदेश प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए ।

कार्यक्रममा बीमा अभिकर्ताहरुलाई बीमाको आचारसंहिताको बारेमा जानकारी दिइएको थियो । बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु र बीमा अवेयरनेसको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले एक बीमक, एक अभिकर्ताको बारेमा प्रश्न उठाएका थिए । साथै चाइल्ड इन्स्योरेन्सको बारेमा, भारतबाट नेपाल आई बीमा अभिकर्ताको लाइसेन्स लिइएको विषयमा अभिकर्ताहरुले प्रश्न उठाएका थिए ।

साथै प्राविधिकले फिल्ड हेर्न नमान्ने, बीमा प्राधिकरणले कम्पनीहरुको फरक–फरक बोनसदरमा सम्बोधन नगरेको, अभिकर्ता लाइसेन्समा कडाई नगरेको जस्ता गुनासाहरु समेत अभिकर्ताहरुले राखेका थिए । साथै नीति उल्लंघन गर्ने अभिकर्ताहरुलाई कारबाहीको दायरामा समेत ल्याउनुपर्ने उपस्थित अभिकर्ताहरुले माग राखेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*