भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द
१७ बैशाख २०८०, आईतवार १२:४५
काठमाडौं । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो ।
सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।