गुराँस लाइफद्वारा साढे ४६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बिरगंजले एक कार्यक्रम गरी बीमितको परिवारलाई मृत्यु बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले माहागडिमाई नगरपालिका वडा न.–३, का बीमित स्व. नगनारायण प्रसाद जयसवालकी श्रीमती गुन्जा जयसवाललाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख प्रमोद प्रसाद साहले स्व. जयसवलले कम्पनीबाट बीमालेख धितो राखी लियको ऋण कट्टा गरि ४६ लाख ४७ हजार ८७३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
स्व. जयसवालले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा ५० लाखको गुराँस वार्षिक नगद फिर्ता जीबन बीमा योजना बीमा गरेका थिए ।
बीमा दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रमुख प्रमोद प्रसाद साहले बीमा बचत सहित जीवनमा आईपर्ने यस्ता अप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुँदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बीमा गर्नुपर्ने कुरा राखेका थिए ।