मिर्चैयामा अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाको सहर्कायमा एक दिने ‘अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’ भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।
अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’ सिरहा,सप्तरी,धनुष,मोहत्तरीका ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको प्रमुख आतिथ्यता भएको भेलामा पाँच सय भन्दा बढि सक्रिय अभिकर्ताहरु संग कम्पनीको विभिन्न जीवन बीमा सम्बन्धीको बारेमा छलफल भएको हो ।
प्रमुख पराजुलीले भने ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यस पछि मात्र आम नागरिकमा बीमा गर्नु पर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।
नेशनल सेल्स प्रमुख उमापति पोखरेलले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिनुभयो । उहाँले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।
ट्रेनिङ्ग डिपार्टमेन्ट प्रमुख रोजेश बस्नेतले सहभागिहरुलाई नेपाल लाइफ इन्स्योरेन्सका प्रोडक्ट तथा स्कीमहरुको बारेमा प्रकाश पारेका थिए भने बिमा किन र कसरी गर्ने सहभागिहरुलाई पुनर्ताजगी गराएका थिए ।
उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखा प्रमुख जय कुमार दत्त, मिर्चैया शाखाका कर्मचारी गणेश कुमार ठाकुरको विशेष सक्रियताका कारण मिर्चैयामा भव्य र सभ्य रुपले सम्पन्न भएकोे बताए ।
अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम मधेश प्रदेश प्रमुख अमरेन्द्र कुमार कर्णको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको प्रमुख आतिथ्यता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नेशनल सेल्स प्रमुख उमापति पोखरेल, ट्रेनिङ्ग डिपार्टमेन्ट प्रमुख रोजेश बस्नेतको विशिष्ठ आतिथ्यता तथा विभिन्न शाखा, उप–शाखा प्रमुख, सिनिएर एजेन्सी म्यानेजर, एजेन्सि म्यानेजर, अभिकर्ता लगायत संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाका कर्मचारी गणेश कुमार ठाकुरले बताए ।
त्यस्तै उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो । मिर्चैया उप–शाखाद्धारा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेशनल सेल्स प्रमुख उमापति पोखरेल, ट्रेनिङ्ग डिपार्टमेन्ट प्रमुख रोजेश बस्नेत,मधेश प्रदेश प्रमुख अमरेन्द्र कुमार कर्ण, संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको उप–शाखा प्रमुख जय कुमार दत्त, मिर्चैया शाखाका कर्मचारी गणेश कुमार ठाकुरले बताए ।