धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचारमा छानविन गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको बारेमा गम्भिर प्रश्न उठेको छ । सेबोनका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार मुद्दामा छानविन गर्न सांसद अमरेस कुमार सिंहले माग गरेका छन् । नेपाल र थाईल्याण्डमा अर्बको सम्पत्ति रहेको अर्बपति हमाल नेता र व्यापारीको लागि काम गर्न अर्बपति भरियाका रुपमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने धन्दामा छन् । तर, उनको धन्दा अब धेरै दिन टिक्न कठिन हुने देखिएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नयाँ स्टक एक्सचेन्जको आवश्यकता र औचित्यमाथि प्रश्न मात्रै उठाएनन्, अर्बौ रुपैयाँ घुस सेटिङ गर्न नेता र व्यापारी मिलेर गरिएको खतरनाक गेमको रुपमा समेत चर्चा गरे । सांसद अमरेश कुमार सिंहले भने, ‘सभामुख महोदय, भ्रष्टाचारजन्य घटनाको जवाफ सरकारले दिनुपर्छ ।’ उनले भ्रष्टाचारकै कारण सरकारमा बसेका मन्त्रीहरु असुरक्षित भएको बताए । उनले नयाँ एक्सचेन्जबारे प्रश्न गर्दै भने, ‘के सर्वोच्च अदालतलाई प्राईभेटलाई दिन मिल्छ ? नेपाल सरकारलाई प्राइभेटलाई दिन मिल्छ ?’ उनले नेपालको अर्थतन्त्र नेपालको अर्थतन्त्र नेपालीको हातमा हुनुपर्ने बताउँदै सरकारले दुई चार अर्ब रुपैयाँ घुस खानको लागि अर्थतन्त्र नै विदेशीलाई दिन खोजेको आरोप लगाए ।
उनले भ्रष्टाचारका विरुद्धमा सिंगो संसद उभिनुपर्ने बताउँदै भ्रष्टाचारको बारेमा सरकारको धारणा स्पष्ट पार्न माग गर्दै शान्ति प्रक्रियाको नाममा भ्रष्टाचार भएको भन्दै पोखरा एयरपोर्ट र वाईबडीमा जस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा भ्रष्टाचारको नयाँ डिजाइन रचिएको बताए ।
सांसद सिंह नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नामै लिएर उनी भ्रष्टाचारीको नाईको भएको भन्दै कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । आजैको संसदमा सांसद सोविता गौतमले पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्नुपर्ने माग गरेकी थिईन् ।
यतिबेला लगानीकर्ताहरुलाई सजिलो र दायरा फराकिलो पार्न ब्रोकर लाइसेन्स आवश्यक भएपनि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले व्यापारी र पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा र उनकी छोरा (विदेशी) सँग मिलेर अर्बौ रुपैयाँ घुस सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य अघि बढाइरहेका छन् ।
One thought on “धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचारमा छानविन गर्न सांसदको माग”