राष्ट्र बैंकले २७ अर्बको ट्रेजरी बिल जारी गर्दै

१५ बैशाख २०८०, शुक्रबार १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो वैशाख १७ गते आइतबार २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले वैशाख १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः २०८० जेठ १६ गते, साउन १६ गते, कात्तिक १७ गते र २०८१ वैशाख १८ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलका आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

पहिलो प्राथमिकतामा बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*