गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सिईओमा चिरायु भण्डारी नियुक्त,चार बर्षलाई कार्यकाल तोकियो

१५ बैशाख २०८०, शुक्रबार १६:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माईक्रोइन्स्योरेन्स कम्पनीको सिईओको स्वीकृती प्रदान गर्ने प्रकृया अघि बढाएको छ। नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा चिरायु भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत ( सिईओ) बन्न स्वीकृती प्रदान गरेको छ।

उनी नेपाल पुनर्बीमा कम्पनीका भूतवूर्व सिईओ समेत हुन् । त्यस्तै, जीवन बीमा कम्पनी प्राइम लाइफमा काम गरेको अनुभव पनि भण्डारीमा छ ।जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि नेपाल बीमा प्राधिकरणबाट छनोट भएको कम्पनीको सिईओको स्वीकृती प्राधिकरणले आज दिएको हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ । गार्डियनले लघु जीवन बीमा व्यवसाय गर्नेछ ।जसमा ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी छ । शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले

यो कम्पनीमा लगानी गरेका छन् । जसमध्ये हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष हुन् भने मुरारका र राणा पूर्वअध्यक्ष हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*