नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न संसदमा माग, पुँजि बजार निश्चित व्यक्तिको हातमा पुर्याउन खोजेको आरोप

१५ बैशाख २०८०, शुक्रबार १५:५४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राजनीतिक नेता र व्यापारीसँगको मिलेमतोमा वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको संसदमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा गम्भिर आपत्ति जनाउँदै तत्काल रोक्न माग गरेको हो ।

आजको संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नयाँ स्टक एक्सचेन्जको औचित्य नभएको र नेपाल स्टक एक्सचेन्जलाई डुबाउने गलत मनसायका साथ अघि बढाउन लागिएको भन्दै आपत्ति जनाएकी हुन् । सांसद गौतमले सरकारलाई बार्षिक रुपमा एक अर्ब रुपैयाँभन्दा बढि आम्दानी बुझाउँदै आएको नेपाल स्टक एक्सचेन्जको व्यवासय नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गरी राज्यलाई बार्षिक अर्बौ घाटा हुने गरी निजि क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको भन्दै संसदमा आपत्ति जनाएकी हुन् ।

सांसद सोविता गौतमले भनिन्, ‘२० महिना अघि नेपालको पुँजि बजार लगभग ३२०० को बिन्दुमा इन्डेक्स थियो । आजको मितिमा इन्डेक्स १८८९.७५ अंकमा छ । लगानीकर्ताले लाखौं रुपैयाँ गुमाएका छन् । यसको गम्भि परिप्रेक्षमा सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रतिवर्ष लगभग एक अर्ब रुपैयाँ लाभांश दिइरहेको थियो । यस्तो संस्थालाई कमजोर बनाई यसबाट भइरहेको व्यवसाय नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गरी नेपालको पुँजि बजार निश्चित समुहको कब्जा हुने गरी कमजोर पार्ने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी सरकारले गरिरहेको छ, यो अविलम्ब रोकिनुपर्दछ ।’

सांसद गौतमले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनुको साटो नेपाल सरकारकै लगानी रहेको नेपाल स्टक एक्सचेन्जलाई आधुनिकीकरण गर्न माग गरेकी छिन् । सांसद गौतमले नेपाल स्टक एक्सचेन्जको डिडिए गरेर आम सर्वसाधारणलाई आईपिओ जारी गर्नुपर्ने बताईन् ।

यसअघि सरकारले यसैगरी नेपाल पुनर्बीमा कम्पनीलाई धरासायी बनाएको भन्दै सांसद गौतमले सरकारले अनैतिक नबन्न चेतवानी दिएकी छिन् । त्यस्तै, सांसद हरि ढकालले पनि शेयर लगानीकर्ताहरुको पक्षमा संसदमा आवाज उठाएका छन् । उनले शेयर बजारबारे अर्थमन्त्री डा. रामशरण महतको ध्यानाकर्षण गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*