किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

१५ बैशाख २०८०, शुक्रबार १५:०७

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले वैशाख १९ (२ मे) देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम आयोजना गर्न लागेको हो ।

उक्त तालिम अन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् । सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, ईमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरु, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई् तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् । क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा हुने तालिममा सहभागी हुन अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*