बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, ६ अर्बमाथि पुग्यो बीमकको कुल सम्पत्ती
काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ ।असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब रुपैयाँ रहेको बीमा कम्पनीहरुको कुल सम्पत्ति रहेको कम्पनीको वृद्धि भएको छ।बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९ सालमा बीमा कम्पनीहरुले ६ अर्ब २४ करोड रुपैयाँ कुल सम्पत्ति रहेको छ।
त्यस्तै, आर्थिक बर्ष २०७९ असार मसान्तमा वित्तीय प्रणालीको कुल सम्पत्ति / दायित्व संरचनामा नेपाल राष्ट्र बैंकको अंश १५.२ प्रतिशत रहेको छ ।
त्यसैगरी, कुल सम्पत्ति / दायित्वमा वाणिज्य बैंकहरूको अंश ५८.८ प्रतिशत, विकास बैंकहरूको ५.९ प्रतिशत, वित्त कम्पनीहरूको १.५ प्रतिशत, लघुवित्त वित्तीय संस्थाहरूको ५.१ प्रतिशत, पूर्वाधार विकास बैंकको ०.३ प्रतिशत, कर्मचारी सञ्चय कोषको ४.५ प्रतिशत, नागरिक लगानी कोषको २.४ प्रतिशत, बीमा कम्पनीहरूको अंश ६.२ प्रतिशत र हुलाक बचत बैंकको अंश ०.०३ प्रतिशत रहेको छ। २०७९ असार मसान्तमा बैंकिङ क्षेत्रको कुल सम्पत्ति दायित्वको कुल ग्राहस्थ उत्पादनसँग अनुपात १८१ प्रतिशत रहेको छ ।