विवाह वर्षगाठको अवसरमा रोहित र निशाले दिए छोरालाई एशियन लाइफको बीमा पोलिसी उपहार

१५ बैशाख २०८०, शुक्रबार १०:५१

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । जीवन बीमा क्षेत्रमा यो एउटा सबल अभ्यास पनि हो ।

नेपाल बीमा प्राधिकरणले देशैभरी जीवन बीमा सम्बन्धी जानकारी फैलाउने क्रममा पछिल्लो पुस्तामा जीवन बीमाको महत्व बुझ्नेहरुको संख्या बढ्दै गइरहेको छ । यसैका वाबजुत चाडपर्व, बर्थडे, विवाह, पास्नी तथा विवाह उत्सव (एनिभर्सरी) जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच मोरङ्ग वयरवन–२ स्थायी ठेगाना भएका हाल सिफल काठमाडौंमा बस्ने रोहित निरौला र निशा आचार्यले आफ्नो छोरालाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा तीन महिने छोरा रोनिश निरौलालाई एशियन लाइफ इन्स्योरेन्सको ‘बाल उच्च शिक्षा पोलिसी’ खरिद गरिदिएर उपहार दिएका हुन् ।

भविष्यमा हुनसक्ने आर्थिक जोखिम बहन हुने भएका कारण अन्य खर्च कटौति गरेर रोहित र निशाले दोस्रो विवाह वर्षगाठको अवसरमा छोरालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ३ लाख ५० हजार रुपैयाँ बीमाङ्क रकमको बीमा गराइदिएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*