नवलपरासीको रामग्राम नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, दाबी भुक्तानी नभएको सहभागीहरुको गुनासो

१४ बैशाख २०८०, बिहीबार १६:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामग्राम नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको उक्त नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बीमा व्यक्ति र सम्पत्तिको जोखिमसँग जोडिएको विषय भएकाले कुन कुनको बीमा हुन्छ र कुन कुनको बीमा हुँदैन भन्ने बारेमा सबैलाई जानकारी दिनुपर्ने आवश्यकता औल्याए । प्रमुख यादवले जोखिम कम भएकाको बीमा सहज तरिकाले हुने तर बढी जोखिम देखिएकाको भने बीमा गर्न कठिन हुने समस्या देखिएको बताए ।

रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बीमा कम्पनीहरूले बीमा गर्न आकर्षित गर्ने तर दाबी भुक्तानीका समयमा भने विभिन्न बहाना बनाउने जस्ता समस्या रहेको उल्लेख गर्दै दाबी भुक्तानीलाई सहज बनाउने भएका बीमाको पहुँच विस्तारमा समन्वय गर्न नगरपालिका तयार रहेको बताए ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्दै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले कृषिबीमाको दाबी भुक्तानी दुई वर्षसम्म पनि नपाएको, कोरोना बीमाको दाबी भुक्तानी अmझैसम्म नभएको, बीमा सजिलै गर्र्ने तर दाबी भुक्तानीका बेला अनेक कागजात मागेर हैरान गर्ने गरेको, काँटो इँटाको बीमा गर्न नमानेको लगायतका गुनासाहरू गरेका थिए ।

कार्यक्रममा रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*