सिटिजन लाइफ इन्स्योरेन्समा कान्तिपुर पब्लिकेशन र सुमित कुमार अग्रवालको सबैभन्दा बढी लगानी, अन्य कसको कति ?

१४ बैशाख २०८०, बिहीबार १४:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरुको संख्या २२ पुगेको छ । कम्पनीमा सबैभन्दा बढी कान्तिपुर पब्लिकेशन प्रा.लि. र सुमित कुमार अग्रवालको शेयर स्वामित्व रहेको छ ।

कान्तिपुर पब्लिकेशन र सुमित कुमारको सिटिजन लाइफमा ७.४३ प्रतिशत दरका अर्थात् १३।१३ करोड कित्ता शेयर स्वामित्वमा रहेको छ । त्यस्तै, विकास ज.ब.राणा, सुष्मा राणा र यति वल्र्ड इन्भेष्टमेन्ट प्रा.लि.को ५.१४ प्रतिशत अर्थात् ९ करोड कित्ता शेयर स्वमित्व रहेको छ ।

त्यस्तै, प्रदीप जंग पाण्डको ४.२९ प्रतिशत, एयर डाइनेष्टि हेलि सर्भिसेस प्रा.लि.को ३.०६ प्रतिशत, उर्मीला पाण्डेको २.२९ प्रतिशत, ललिता अग्रवालको २.२९ प्रतिशत, ज्योति प्रकाश पाण्डेको २.२९ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, एक प्रतिशत वा सो हाराहारीमा शेयर स्वामित्व हुने शेयरधनीहरुमा अनुजा अग्रवाल, क्याबिनेट श्रेष्ठ, गुडविल फाइनान्स, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, प्रिमियर वायर्स प्रा.लि., पृथ्वी बहादुर पाण्डे, राम अग्रवाल, सन्दिप पाख्रिन लामा, सौगात पाख्रीन लामा, शिखर इन्स्योरेन्स र सुजन बैद्य (श्रेष्ठ) रहेका छन् ।

त्यस्तै, कम्पनीमा नेपाली संगठित संस्थाहरुको शेयर हिस्सा २५.२० प्रतिशत अर्थात् ४४ लाख १० हजार कित्ता र नेपाली नागरिकको ७४.८० प्रतिशत अर्थात् १ करोड ३० लाख ९० हजार कित्ता शेयर लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*