जन्मदिनमा गुराँस लाइफको १ करोड बीमाङ्क रकमको बीमा पोलिसी उपहार

१४ बैशाख २०८०, बिहीबार ११:१७

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । जीवन बीमा क्षेत्रमा यो एउटा सबल अभ्यास पनि हो ।

नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा जीवन बीमा सम्बन्धी जानकारी फैलाउने क्रममा पछिल्लो पुस्तामा जीवन बीमाको महत्व बुझ्नेहरुको संख्या बढ्दै गइरहेको छ । यसैका वाबजुत चाडपर्व, बर्थडे, विवाह, पास्नी तथा विवाह उत्सव (एनिभर्सरी) जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराकी एजेन्सी लिडर एमडिआरटि कमला केसीले आफ्नो दाईको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । कमलाले हाल वैदेशिक रोजगारीमा रहि हाल नेपाल आएका आफ्ना दाजु लिल बहादुर केसीको जन्मदिनमा गुराँस लाइफ इन्स्योरेन्सको १ करोड रुपैयाँ बीमाङ्क रकमको बीमा पोलिसी खरिद गरिदिएर उपहार दिएकी हुन् ।

जन्मदिनमा अन्य तडकभडक खर्च गरी भौतिक सामान उपहार दिनुभन्दा बीमा पोलिसी उपहार दिदा भविष्यमा हुनसक्ने आर्थिक जोखिम बहन हुने भएका कारण बीमा उपहार दिएको कमलाले बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*