देशको आर्थिक अवस्थाबारे राष्ट्रियसभामा दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव

१३ बैशाख २०८०, बुधबार २०:२९

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा देशको भद्रगोल र बिग्रँदो अर्थतन्त्रबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
राष्ट्रिय सभाका सांसदहरु सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक, सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा बिमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो ।

सो प्रस्तावमा ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयमा संघीय संसदमा गम्भिर बहस, छलफल आवश्यक रहेको भन्दै प्रस्ताव दर्ता गरिएको हो ।
“बढ्दो महँगी, बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्था, चर्को ब्याजदरलगायतका कारण नागरिकमा निराशा र राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यसलाई समाधान गर्नु सरकारको पहिलो कर्तव्य हो”, प्रस्तावक सांसद शाहले भनिन् ।

सांसद खिमलाल देवकोटाले अर्थतन्त्रमा संरचनागत समस्या रहेकाले त्यसलाई जरैबाट समाधान गरिनुपर्ने बताए। “आयातमा आधारित राजस्व र उपभोगमा आधारित रेमिट्यान्सलाई अहिलेसम्म कुनै पनि सरकारले चिर्न सकेनन्, गम्भीरतापूर्वक प्रयास नै भएन”, उनले भने, “व्यापार घाटा हरेक वर्ष कहालीलाग्दो तरिकारले बढिरहेको छ, बिहान उठेदेखि बेलुका सुतेसम्म र जन्मेदेखि मृत्युसम्ममा प्रयोग हुने हरेक सामान आयात भइरहेका छन् ।” कुल गार्हस्थ्य उत्पादन (जिडिप) को तुलनामा व्यापार घाटाको अनुपात बढ्दै गएकोले देशको आर्थिक अवस्था गम्भिर रहेकोले छलफल हुनुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*