एलआइसी नेपालद्धारा पोखरा विमान दुर्घटनाको मृत्यु दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन नेपालले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकी सहायक पाइलट स्वर्गिय अञ्जु खतिवडाको छोरा श्रेयान के. सी. लाई मृत्यु दावी भुत्तानी वापत छोरा श्रेयान के. सी. को बीमाशुल्क मिनाहा गरेको हो ।
आज भक्तपुर शाखामा भक्तपुर शाखाका शाखा प्रवन्धक राम थापाले एक कार्यक्रमगरि प्रधानकार्यालयवाट प्राप्त भएको बीमाशुल्क मिनाहा भएको पत्र तथा बीमालेख स्व. खतिवडाका श्रीमान सुभाष के. सी. लाई हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रममा शाखा प्रवन्धक थापाले जीवन वीमा गर्दा भविष्यमा आईपर्ने आर्थिक जोखिम कम गर्न, अनिवार्य वचत तथा पारिवारिक आर्थिक सुरक्षाको लागि अहम भुमिका खेल्नुका साथै आफ्नो परिवार माथि स्नेह तथा जिम्मेवारी निर्वाह गर्नु पनि हो । सानो सानो रकम जम्मा गरि जीवन वीमा गर्ने सहि निर्णयले आज उहाँ भौतिक रुपमा नरहेता पनि उहाँले आफ्नो परिवार प्रति स्नेह तथा जिम्मेवारी पुरा गरेको वताए ।
उक्त कार्यक्रममा स्व. खतिवडाका श्रीमान सुभाष के. सी. ले श्रीमतीले गरेको सहि निर्णयले आज उनी नरहेतापनि वच्चाको शिक्षा दिक्षा तथा उज्जवल भविष्यको लागि यो वीमाले सहयोग हुने विश्वास व्यक्त गरे ।
स्व. खतिवडाले तिन वर्ष पहिले छोरा श्रेयानको वार्षिक २ लाख ३३ हजार ९९४ जम्मा गर्नेगरि आफू प्रस्तावकभई एल्आईसी नेपालमा ३० लाख रुपैयाँ विमाङ्कको बीमा गरेकि थिइन । अव वाँकी बीमाशुल्क मिनाहा हुनेछ र वीमा समाप्तिमा छोरा श्रेयानले एकमुष्ट विमाङ्क रकम र बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।