बैंक तथा वित्तीय संस्थाले बचत खातामा ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नमिल्ने

१२ बैशाख २०८०, मंगलवार १७:४९

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नमिल्ने व्यवस्था गरेको छ।नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने केन्द्रीय बैंकले जनाएको छ।

बचत खाताको ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोहीबमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको पनि राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्ने गर्दछन्। ‘यी सबै खाताका विशेषता जस्तै– ब्याजदर, न्यूनतम मौज्दात, कार्ड, चेक, मोबाइल र इन्टरनेट बैंकिङजस्ता सुविधा र सर्त फरक–फरक हुन्छन्’, राष्ट्र बैंकले भनेको छ।

बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिन पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*