नेप्सेमा थप दुई निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत

१२ बैशाख २०८०, मंगलवार १५:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत दरका कुल १६ लाख ५३ हजार ६९९ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत दरका कुल ९ लाख १७ हजार ६४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौता गरि ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स’को नाम अर्थात् (सलिको) ब्रान्डबाट एकीकृत कारोबार सुरु गरिसकेको छ । यसकारण दुई कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सलिको नामबाट कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*