तीन सेसनमा जीवन बीमा कम्पनीहरुको सेमिनार सुरु, बीमा प्राधिकरणको अध्यक्षले सम्बोधन गर्ने
काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग सयुक्त आयोजनामा भएकोे सोमिनार सुरु भएको छ।मिलेर आज काठमाडौंको रविभवन स्थीत होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना हुँदैछ ।
फालिया र जीवन बीमक संघ नेपालले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत भएको छ।आज हुने सोमिनारमा सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन जना प्रतिनिधिहरुलाई सहभागी भएका छन्।
सेमिनारको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालियाका प्रबन्ध निर्देशकले संबोधन गरेका छन् ।आजको सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन् । फालियाको तर्फबाट “द्रुत गतीमा बदलिरहेको व्यापार वातावरणमा जीवन बीमा उद्योगका चुनौतीहरू” विषयमा प्रस्तुतिकरण रहेको छ ।
दोश्रो सेसनमा “जापानको जीवन बीमा उद्योगमा आएको परिवर्तन र नेपालको जीवन बीमा कम्पनीहरूका लागि सुझावहरू” बारे प्रस्तुतिकरण रहेको छ ।साथै तेश्रो सेसन “जीवन बीमा कम्पनीको दिगोपन व्यवस्थापन” सम्बन्धी रहेको छ ।
सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संम्बोधन गर्नेछन ।