तनहुँ २ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले बिजयी, चितवनमा रवि लामिछानेको ४० हजार नाघ्यो

१२ बैशाख २०८०, मंगलवार ०७:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नं १ बाट अत्याधिक मतान्तरसहित बिजयी भएका छन् । बैशाख १० गते सम्पन्न भएको उप निर्वाचनमा ३४ हजार ९१९ मतसहित बिजयी भएका हुन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोबिन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका सर्वेन्द्र खनालले ८४८८ मत प्राप्त गरेका छन् ।
अर्थविज्ञको रुपमा परिचय बनाएका डा. वाग्ले निर्वाचन अघि मात्रै नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

उता, चितवन २ मा जारी मतगणना रास्वपाका अध्यक्ष रवि लामिछानेले अत्याधिक मत सहित जीत सुनिश्चत बनाइसकेका छन् । जारी मतगणनामा उनले ४८ हजार ६९ मत पाउँदा जित नारायण श्रेष्ठले ७४५८ मत प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*