इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज दुबईमा सकुशल अवतरण

१२ बैशाख २०८०, मंगलवार ०७:२५

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईका लागि टेकअफ गर्ने वित्तिकै चरासँग ठाक्किएर इन्जिनमा आगो देखिएको फ्लाई दुबई बोईङ ७३७–८०० जहाज दुबईमा सकुशल अवतरण गरेको छ ।
स्थानीय समय अनुसार राति १२ः११ बजे दुबई इन्टरनेशनल एयरपोर्टमा सकुशल अवतरण गरेको हो । इन्जिनमा आगो लागे पनि जहाज सकुुशल रुपमा अघिबढेको थियो । जहाज समान्य रुपमा दुबई एयरपोर्टमा अवतरण गरेको देखिएको छ । स्थानीय खालिज टाइम्सले जहाज सकुशल नियमित तरिकाले अवतरण गरेको जनाएको छ ।

इन्जिनमा आगो देखिएपछि धादिङमाथिको आकाशमा करिब २० मिनेट होल्ड भएको जहाज त्यसपछि गन्तव्यतर्फ उडेको थियो ।
अन्तर्राष्ट्रिय उडानमा रहेका ठूला जहाजहरुलाई चरा ठोक्किनु सामान्य मानिन्छ । विश्वभर औसत रुपमा दैनिक ३४ वटा चरा जहाजमा ठोक्किने गरेको तथ्याङ्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*