विस्फोटसँगै आलो लाग्दै उडेको फ्लाई दुबईको जहाज नयाँदिल्लीमा अवतरण भएन, सम्भवतः दुबईमै अवतरण गराइने

११ बैशाख २०८०, सोमबार २३:०३

काठमाडौं । काठमाडौंथित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वित्तिकै आगो लागेको फ्लाई दुबईको जहाजलाई कमाण्ड गरिरहेका क्याप्टेनले नयाँ दिल्लीमा जहाजलाई अवतरण गराएनन् । हवाई जहाज सम्बन्धी प्रत्यक्ष ट्राकिङ गर्ने फ्लाईट राडार२४ का अनुसार जहाज ३४ हजार उचाईमा उडिरहेको छ र जहाजले भारतको राजधानी नयाँदिल्ली पार गरेर अघि बढिरहेको छ । जहाजमा आपतकालिन अवस्था घोषणा गरिएकोले जहाजले निश्चित रुटमा भन्दा पनि सिधा रुटमा उडिरहेकोले अन्य समय भन्दा चाँडै दुबई पुग्नेछ ।

एउटा मात्रै इन्जिनको भरमा उडिरहेको विश्वास गरिएको जहाज प्रतिघण्टा ७३३ किमीको गतिमा अघि बढिरहेको छ र यही गतिमा अघि बढिरहेमा करिब एक घण्टा ४५ मिनेटपछि दुबईमा अवतरण गर्नेछ । आकाशमाथि स्थीर ३४ हजार फिटमाथि उडिरहेको जहाजको गति र भर्टिकल गति समेत सामान्य देखिएको छ । सामान्य अर्थमा जहाज पूर्ण रुपमा सकुशल रुपमा उडिरहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*