आगो लागेको इन्जिन लिएर काठमाडौंबाट हिडेको फ्लाई दुबईको जहाज सिंगल इन्जिनको भरमा ३४ हजार फिटमाथि उड्दै

११ बैशाख २०८०, सोमबार २२:३९

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईको लागि उडेको फ्लाई दुबईको उडान नं एफडिबी ५७६ नम्बरको बोईङ ७३७–८ जहाज काठमाडौंदेखि आगो लागेको इन्जिन लिएर गन्तव्यतर्फ अघि बढिहेको छ । काठमाडौंमा उडे लगत्तै फ्लाई दुबईको जहाजको दायाँ इन्जिन विस्फोटसहित आगो लागेको थियो । तत्कालै काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवस्था घोषणा गर्दै सबै जहाजहरुलाई होल्ड गरियो ।

जहाजलाई काठमाडौंस्थित विमानस्थलमा अवतरण गराउने प्रयास भएपनि जहाजको क्याप्टेनले अघि बढ्ने सन्देश दिँदै जहाज उचाई लिएर भारतको राजधानी नयाँ दिल्लीतर्फ अघि बढाइरहेका छन् । यो समाचार तयार गर्दासम्म उक्त जहाज ३४ हजार फिटमाथि सकुशल उडिहेको छ । जहाजका क्याप्टेनले आपतकालिन अवस्था घोषणा गर्दै नियमित रुट भन्दा पनि सोझो बाटो हुँदै अघि बढिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*