काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी (भिडियो सहित)

११ बैशाख २०८०, सोमबार २१:४६

काठमाडौं। काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी भएको छ । कोटेश्वर र ग्वार्खो हुँदै उडेको जहाज बालकुमारी माथिको आकाशमा पुगेपछि आकाशमै इन्जिनमा ठूलो आगोको झिल्कासहित विस्फोट भएको थियो ।

आगो लाग्दै गरेको जहाज आगोको धुवाको मुस्लो निकाल्दै उडको थियो । बालकुमारी, काटेश्वर आसपासका स्थानीयहरुले आकाशमा केही आवाज र उड्दै गरेको विमानाम आगलागी भएको समेत देखेको बताएका छन् । केहीले भिडियो समेत खिच्न भ्याएका छन् ।

उडेको केहीबेरपछि नै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका थिए । तर, उक्त जहाज अवतरण नगरी दिल्लीतर्फ अघि बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*