गोविन्द भट्टराईलाई ५ हजार बढी मत अन्तरले पछि पार्दै वाग्लेले कटाए १० हजार मत

११ बैशाख २०८०, सोमबार ११:२८

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन ।

पछिल्लो मत परिणाम अनुसार वाग्लेले १० हजार २५९ मत पाएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

स्वर्णिमले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् । त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् ।

यसका साथै, बारा र चितवनमा भएको उपनिर्वाचनको भने मतगणना सुरु भएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*