हिमालयन स्टक एक्सचेन्जलाई लिएर बोर्डविरुद्ध मुद्दा हाल्ने तयारी, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएको छ। यसअघि २०६६ सालमा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिएको भन्दै उनले सामाजिक संजालमार्फत आफनो धारणा व्यक्त गरेका छन् ।
तत्कालिन समयमा निजी क्षेत्रलाई पनि स्टक एक्सचेन्ज खोल्न दिने सरकारको निर्णयअनुसार विभिन्न १८ ओटा कम्पनीहरुले संयुक्त रुपमा हिमालयन स्टक एक्सचेन्जको नाममा सेबोनमा निवेदन दिएका थिए ।
उक्त समुहको अध्यक्षमा तत्कालिन एशियन लाईफका प्रवन्ध संचालक र हाल महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई थिए । उक्त समुहमा एशियन लाईफसहित १८ कम्पनीहरुका संचालकको लगानी रहेको थियो ।
त्यसबेला उक्त समुहले धितोपत्र बोर्डमा आवेदन दिएर आवेदन स्वीकृत पनि भईसकेको थियो । बीचमा पुनः रोकिएर निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने निर्णयबाट सरकार पछि हट्यो । त्यसपश्चात् पुन हिजो शंकर गुप्रको नाम मिलेको सूचना पाएसँगै उनले सामाजिक संजालमा यस्तो बताएका हुन् ।
उनले २०६६ सालमै पेश गरिएको हिमालयन स्टकको नामको निवेदन खारेज गरेर नयाँ निवेदन लिएको भए कुनै आपत्ति नहुने बताए । तर, सोही नाममा नयाँ कम्पनीको आवेदन लिँदा यसको कानुनी उपचारमा जाने समेत बताएका छन् ।