नेप्सेमा ६ निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१० बैशाख २०८०, आईतवार १३:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ६ वटा निर्जीवन बीमा कम्पनीको मात्रै बोनस शेयर सूचीकृत भएको छ ।

युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित गरेको बोनस शेयर सूचीकृत भएको हो ।

अधिकांश निर्जीवन बीमा कम्पनीहरुको बोनस शेयर सूचीकृत हुन बाँकी छ । सबै कम्पनीले साधारण सभा सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् । तर दर्जन भन्दा बढी निर्जीवन बीमा कम्पनीमध्ये ६ वटाको मात्रै बोनस शेयर सूचीकृत भएको छ ।

युनाइटेड इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल ५ लाख १४ हजार ८० कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, यता प्रुडेन्सियल इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको आइएमई जनरलको ६ प्रतिशत दरका कुल १० लाख २० हजार ९९० कित्ता शेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशत दरको २६ लाख २४ हजार ८१८ कित्ता, शिखर इन्स्योरेन्सको १६ प्रतिशत दरको ३६ लाख ८८ हजार ६६० कित्ता, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत दरको ११ लाख ५७ हजार ६९६ कित्ता र साविक सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत दरको ११ लाख ५९ हजार २०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी कम्पनीहरुको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । सो मध्ये केही कम्पनीहरुले सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर पठाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*