मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
१० बैशाख २०८०, आईतवार १०:३७

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । यी दुई कम्पनीबीच शेयर रजिष्ट्रारको काम गर्न वैशाख ८ गते सम्झौता भएको हो ।
सम्झौतामा हाइड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।
योसँगै यस हाइड्रोपावरको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्ने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो ।